
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
जनकपुरधाम- मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । मधेश प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो ।
जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।



कागजपत्र |
