
नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा
काठमाडौं- नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ।
जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर गरिएको हो। मुद्दामा चारै जनालाई पाँच वर्ष कैद सजायको माग गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।



कागजपत्र |
