पूर्वराजाको ‘भान्जा’ बनेर ४८ जनालाई ठगेका मनोजकुमार सिंह पक्राउ


काठमाडौं- विभिन्न देशमा उच्च तलबको रोजगारीमा पठाइदिन्छु भन्दै ४८ युवायुवतीबाट करिब चार करोड ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं–२७ का ५१ वर्षीय मनोजकुमार सिंह (अनुपकुमार सिंह) पक्राउ परेका छन्। उनेवसँगै दोलखाको मेलुङ–७ का लड्डुबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले युवायुवतीलाई बेलायतको म्यान्चेस्टरस्थित होटलमा रोजगार खोलिएको भनी प्रलोभन दिएर ठगी गरेका थिए। विश्वास दिलाउन नक्कली भिसा, टिकट, रोजगार–सम्झौता र दूतावासको पत्र समेत देखाइएथ्यो।

झापाको मेचीनगर–१० बाट स्थानीय प्रहरीको समन्वयमा दुबै जनालाई पक्राउ गरिएको हो। सिंहले आफूलाई पूर्वराजाको ‘भान्जा’ भन्दै सजिलै व्यक्तिहरू भरोसा गराउने गरेको अनुसन्धानमा खुलेको छ।

उनीविरुद्ध यसअघि पनि ६ वटा ठगी मुद्दा तथा पूर्वराजपरिवारको नाममा धाकधम्की दिएको मुद्दा दर्ता भइसकेका छन्।

अपराध अनुसन्धान कार्यालयले उनीहरूको समूहबाट पीडित भएका अरूले पनि आवश्यक प्रमाणसहित जाहेरी दिन आग्रह गरेको छ।

प्रतिक्रिया