
आजको मौसम: कर्णाली–सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं- देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जबकि बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ।
आज राति देशभर आंशिक बदली रहने सम्भावना छ। आइतबार पनि कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।



कागजपत्र |
