
सर्लाहीमा १२ लाख २९ हजारसहित भारतीय नागरिक पक्राउ
सर्लाही- सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा ल्याइएका स्रोत नखुलेको ठूलाे रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्रहम्पुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटो हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर–३०–वाइ–३२८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले भारतको सोनवर्सा ग्राम पंचायत–२ निवासी २९ वर्षीय धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएको हो।
महतोको साथबाट प्रहरीले १२ लाख २९ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सो रकमको स्रोत माग्दा उनले केही देखाउन नसकेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।



कागजपत्र |
