
गोवाकाे नाइटक्लबमा आगलागी: २५ जनाको मृत्यु, नेपाली शेफ पूर्णबहादुर पनि
गोवा, भारत — शनिबार राति गोवाकाे एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ। घटनामा नेपाली शेफ पूर्णबहादुरकाे पनि मृत्यु भएकाे बताइएकाे छ।
स्थानीय एएनआई समाचार संस्थाका अनुसार मृतक पूर्णबहादुर नाइटक्लबको किचेनमा शेफको रूपमा कार्यरत थिए। उनकाे शव स्थानीय मेडिकल कलेजमा राखिएकाे छ।
घटनापछि सरकारी अधिकारीहरूले उद्धार र व्यवस्थापनमा जुटेका छन् भने विपक्षी दलहरूले मुख्यमन्त्री प्रमोद सावन्तको असफलता र सुरक्षा व्यवस्थापनमा कमजोरी भएको आरोप लगाएका छन्। कांग्रेस पार्टीका अध्यक्ष अमित पाटकरले यो गोवाको पर्यटन इतिहासको कालो दिन भएको बताउँदै घटनालाई जानाजान गरिएको हत्या भएको आशंका व्यक्त गरे।
गोवा राज्य सरकारले घटनापछि सुरक्षा व्यवस्थापन र निरीक्षण बढाउने प्रतिबद्धता जनाएको छ।



कागजपत्र |
