बाजुराकाे मार्तडी बजारमा आगलागी


बाजुरा-  जिल्ला सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ। बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास जारी छ।

जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार आगलागी दिउँसो करिब १२:२० बजेतिर सुरु भएको हो। दमकल नहुँदा आगो निभाउन कठिनाइ भइरहेको छ। बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोतसाधन प्रयोग गर्दै आगो निभाउने प्रयास गरिरहेका छन्।

हालसम्म आगलागीको कारण खुलेको छैन।

प्रतिक्रिया