
उदयपुरको पाखेमारा भीरमा सुमोसहित बेपत्ता दीपेन्द्र केसीको शव फेला
उदयपुर- तीन दिनदेखि बेपत्ता रहेका ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुका ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४, पाखेमारा भीरमा फेला परेको छ। सुमो गाडीमा सवार बेपत्ता भएका केसीको शव क्षतिग्रस्त सुमो गाडीसँगै भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
सोमबार साँझ सुमो सडकबाट करिब ३०० मिटर तल पाखेमारा भीरमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर कटारी अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ।
ना १ ज ५८१२ नम्बरको सुमो लिएर १३ मंसिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका, रुपाटार विवाहको जन्ती जानका लागि निस्किएका थिए। विवाहको जन्तीको रिजर्भ भएकाले उनले सुमो एक्लै चलाएका थिए।
शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा आफ्नो उपस्थितिको ‘इन्ट्री’ गरेपछि रातिदेखि सम्पर्कविहिन भएका थिए।



कागजपत्र |
