भारतमा बसमा आगलागी : ३ जनाकाे मृत्यु, ५ नेपाली घाइते [नेपाली यात्रुकाे सूचीसहित]


काठमाडाैं- भारतकाे  उत्तर प्रदेशस्थित बलरामपुरमा सोमबार राति  ट्रकले ठक्कर दिएपछि बसमा आगलागी भई ३ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। मृतकहरूको पहिचान हुन अझै बाँकी छ।

नेपाल–भारत सीमास्थित सुनौलीबाट दिल्लीका लागि छुटेको यूपी–२२ एटी ०२४५ नम्बरको बसममा ४५ जना सवार थिए, जसमा अधिकांश नेपाली यात्रु थिए। ट्रकले फुलवरिया बाइपासमा बिहान करिब २:३० बजे बसलाई बीचबाट ठोकेकाे थियो। ठक्कपछि बस करिब १०० मिटर घिस्रँदै हाईटेंशन लाइनको पोलमा ठोक्कियो। पोल भाचिएर बसमाथि खस्दा बसमा  शर्ट सर्किट भएर आगलागी भएकाे बताइएकाे छ।

बसमा आगोले लागेपछि यात्रुहरू कोही झ्याल फुटाएर, कोही ढोका भाँचेर भाग्न थाले। केही यात्रु बाहिर निस्कन सफल भए पनि ३ जना भित्रै फसेर जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। तीमध्ये २ को शव पहिचान भएकाे छैन।

ट्रकमा न्यानो कपडा लोड भएकाले त्यसमा पनि आगो सल्किएको थियो। आगो नियन्त्रणमा लिन दमकलका टोलीलाई ५–६ घण्टासम्म संघर्ष गर्नुपर्‍यो। बिहानसम्म बस पूरै जलेर खरानी बनेको थियो। घटनास्थलमा यात्रुहरूको जलेका सामानहरू छरिएका थिए।

घाइतेहरूको उपचार जारी, ६ जना बहराइच रेफर

घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो। गम्भीर रूपमा घाइते ६ जनालाई बहराइच मेडिकल कलेज रेफर गरिएको छ।

रेफर गरिएका घाइतेहरूमध्ये पाँच नेपाली नागरिक रहेका छन्। उनीहरू  सरस्वती पाण्डेल (२४), बुटवल, धानकुमारी महतो (६०), बुटवल, अनिल (१६), बुटवल, दिवाकर न्यौपाने (४२), बुटवल, विष्णुमाया (५२), नवलपुर रहेकाे भारतीय सञ्चारमाध्यमले जानएका छन्।

ट्रकमुनि भेटियो अर्को शव

ट्रकमुनि एक शव फेला परेको छ। प्रहरीका अनुसार उक्त शव सम्भवत: ट्रकमा सवार व्यक्तिको हुनसक्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक र कन्डक्टर फरार रहेको प्रहरीले बताएको छ। उनीहरूको खोजी भइरहेको छ।

यी हुन् बसमा सवार नेपाली:

 

 

प्रतिक्रिया