भीम रावलको आरोप- जेनजी आन्दोलनमा ओलीले नै दमनको आदेश दिएका हुन्


विराटनगर-  नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा जोगाउन नसकेको बताएका छन्।

सोमबार  विराटनगरमा आयोजित पार्टीको सन्देश सभामा रावलले भने, “जनताले दिएको दुई-तिहाई मतलाई ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर कुल्चे। त्यसपछि वामपन्थी आन्दोलनलाई अघि बढाउने उद्देश्यले १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो।” रावलले बारम्बार प्रयास गरे पनि ओलीले बलियो कम्युनिस्ट पार्टी नचाहेकोले १० बुँदे सहमति गरेर पनि पार्टी जोगाउन नसकेको बताएका छन्।

नेपाली राष्ट्रिय सुरक्षाको अवस्था भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमै देखिएको भन्दै रावलले आगजनीमा ऐतिहासिक दस्तावेज नष्ट भएको बताए। उनले राष्ट्रिय सुरक्षा प्रणालीमा सुधार आवश्यक रहेको र परराष्ट्र नीति कमजोर भएकाले नागरिक अधिकारसमेत जोखिममा परेको बताए।

भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनको उनी विरोधी रहेकाले तत्कालीन प्रधानमन्त्री ओलीले सुरक्षापरिषद्को बैठकसमेत बोलाउन नसकेको आरोप लगाए। रावलले ओलीले दमनको आदेश दिएका र केही योजना सफल नहुँदा हेलिकोप्टर चढेर भागेको बताए।

 

प्रतिक्रिया