मेयर बालेनका बुबा रामनारायण शाहको निधन


काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

अस्पताल स्रोतका अनुसार उनको पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिएको थियो, जसका कारण अवस्था जटिल बन्दै गएको थियो।

शाहको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन्।

प्रतिक्रिया