पाइलट विजय लामा पुनः ग्राउन्डेड


काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वरिष्ठ पाइलट विजय लामालाई फेरि ग्राउन्डेड गरेको छ। शुक्रबार क्यानले उडान अनुशासन उल्लंघन गरेको भन्दै लामालाई तत्काल प्रभावले उडान रोक्का गरेको हो।

उडानका क्रममा फोटो तथा भिडियो खिचेको आरोप उनीमाथि लगाइएको छ। प्राधिकरणका एक अधिकारीका अनुसार स्पष्टीकरण नमागुन्जेलसम्म लामा उडान संचालनमा सहभागी हुन पाउने छैनन्।

अधिकारीले भने, “उनीले जहाज अवतरणका क्रममा भिडियो खिचेको पुष्टि भएकाले ग्राउन्डेड गरिएको हो। आज जापानका लागि तय भएको उनको फ्लाइट समेत रोकिएको छ।”

लामालाई कति अवधिसम्म ग्राउन्डेड राखिने भन्ने खुलाइएको छैन। प्राधिकरणले घटना सम्बन्धी थप छानबिन जारी राखेको जनाएको छ।

विजय लामालाई यसअघि पनि चार पटक प्राधिकरणले अनुशासन उल्लंघनसँगै ग्राउन्डेड गरिसकेको छ।

प्रतिक्रिया