
रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
सुनसरी – तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते भएका छन् ।
धरान उपमहानगरपालिका- ८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल गएराति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी-५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।



कागजपत्र |
