
कुलमान र खगेन्द्रको पार्टीले एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने
काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने भएका छन्।
दुवै पार्टीले फागुन २१ गते हुने निर्वाचनमा एउटै चुनाव चिह्नमा भाग लिने घोषणा बुधबार बानेश्वरमा आयोजित कार्यक्रममा गरेका हुन्।
निर्णयअनुसार दुबै दल ‘बलिरहेको चिम’ चिह्नमार्फत निर्वाचनमा भाग लिनेछन्। ‘बलिरहेको चिम’ उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो भने, हाम्रो पार्टी नेपालको पुरानो चिह्न ‘लाइक’ थियो।



कागजपत्र |
