
महेश बस्नेतको आगमनअघि धनगढीमा जेनजीको विरोध प्रदर्शन
कैलाली – नेकपा (एमाले)का नेता महेश बस्नेतको आगमनलाई विरोध गर्दै धनगढीमा जेनजीहरूले प्रदर्शन गरेका छन्।
राष्ट्रिय युवा संघले बुधबार आयोजना गर्न लागेको ‘युवा जागरण अभियान’ कार्यक्रममा सम्बोधन गर्न बस्नेत धनगढी आउने जानकारी सार्वजनिक भएपछि स्थानीय युवाहरू जेनजी मार्ग नजिक हसनपुर क्षेत्रमा सडकमा उत्रिएका हुन्।
विरोधमा सहभागी युवाहरूले विभिन्न प्लेकार्ड बोकेका छन्। उनीहरूले बस्नेतको राजनीतिक व्यवहार, अभिव्यक्ति र विगतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन जारी राखेका छन्।
यसैबीच बस्नेत सहभागी हुने भनिएको कार्यक्रमको तयारी भने तीव्र रुपमा भइरहेको छ। सुरक्षा व्यवस्था पनि सामान्यभन्दा कडा बनाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
