
महामन्त्री शर्माको अभिव्यक्तिप्रति युवा नेता काफ्ले भन्छन्, ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ’
काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता कुन्दनराज काफ्लेले महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिको प्रतिवादन गरेका छन् ।
महामन्त्री शर्माले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भन्ने अभिव्यक्तिपछि केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्यसमेत रहेका काफ्लेले ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित भएको भन्दै प्रतिवाद गरेका छन् । काफ्लेले भनेका छन्, ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’
महामन्त्री शर्माले मंगलबार उदयपुरस्थित नेपाली कांग्रेसको जिल्ला कार्यालय अवलोकनका क्रममा नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनको ब्याक गियर नहुने बताएका थिए ।
महामन्त्री शर्माले उक्त अवसरमा, ‘कांग्रेसको विधान भन्छ– विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन । त्यसैले विशेषको ब्याक गियर हुन्न, ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,’ भनेका थिए ।
उनको त्यो भनाइको काफ्लेका साथै अर्का केन्द्रीय सदस्य जीतजंग बस्नेतले पनि प्रतिवादन गरेका थिए ।



कागजपत्र |
