चुनावका लागि राप्रपा नेपालले पनि गर्‍यो दल दर्ता


काठमाडाैं- राप्रपा नेपालले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका उद्देश्यले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

मंगलबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ता गर्ने औपचारिक निर्णय गरेपछि त्यसै अनुसार आयोगमा दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।

दल दर्ताका लागि सहायक महामन्त्री तथा केन्द्रीय सचिवालय सह-प्रमुख हिक्मतजंग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी आयोग पुगेका थिए।

प्रतिक्रिया