काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य


काठमाडौं- नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा काठमान्डुले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १५७ रन बनाएको हो ।

काठमान्डुका लागि कप्तान करण केसीले उत्कृष्ट फिनिसिङ गरे । उनले ११ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे ।

ओपनर आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रनको योगदान गरे । जेहार्ड इरास्मसले १७ रन जोड्दा राशिद खानले १४ रन बनाए । ओपनर बेन चार्ल्सवर्थ भने गोल्डेन डकआउट भएका थिए ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल, गुल्बादिन नाइब, रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई-दुई विकेट लिए ।

टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया