सर्वोच्च अदालत तोडफोड प्रकरणमा दुई युवक पक्राउ


काठमाडौं – सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ‘ब्राउन’ सुशील श्रेष्ठ रहेका छन्।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च भवनमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको ठहर गर्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। सार्वजनिक भएका भिडियो र तस्वीरको आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध आपराधिक अपराधसम्बन्धी मुद्दामा ७ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया