च्यासलमा एमाले सचिवालय बैठक


काठमाडौं-  नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबारदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै सुरु भएको छ। ‘जेनजी’ आन्दोलनपछि च्यासल कार्यालयमा पहिलोपटक बसेको यो बैठक विशेष रूपमा आगामी महाधिवेशनका तयारीमा केन्द्रित छ। भदौ २३–२४ को आन्दोलनका क्रममा पार्टी मुख्यालयमा आगजनी भएपछि मर्मतसम्भार गरी अहिले पुन: बैठक बसाइएको हो।

एमालेको १०औं महाधिवेशन यही मंसिर २७–२९ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि आवश्यक उपसमिति गठन, व्यवस्थापकीय तयारी, प्रतिनिधि चयन प्रक्रिया र कार्ययोजना टुंग्याउने विषयमा सचिवालय छलफलमा छ। पार्टीले मंसिर १३ गते एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया