
मधेसका सभामुख पदमुक्त
जनकपुरधाम- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको प्रस्ताव मधेश प्रदेश सभाले दुई तिहाइ बहुमतले पारित गर्दै पदमुक्त गरेको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले सो प्रस्तावमाथि छलफल गरी मत विभाजनकी प्रक्रियाबाट निर्णय गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रस्तावको पक्षमा ७६ मत परेको र कुल ७८ सांसद उपस्थित भएको जानकारी दिँदै सभामुख मण्डल पदमुक्त भएको घोषणा गरिन्।
गत २७ कात्तिकमा उनीविरुद्ध सात दलीय गठबन्धनका ६४ प्रदेश सांसदले पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएका थिए, जसअनुसार आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक बोलाइएको थियो।



कागजपत्र |
