घोराहीमा सामान्य विवादपछि श्रीमतीको हत्या, श्रीमान पक्राउ


दाङ – श्रीमतीको हत्या गरेको आरोपमा २३ वर्षीय सन्जु सुनार पक्राउ परेका छन्।

रोल्पा परिवर्तन गाउँपालिका-१ घर भई हाल घोराही उपमहानगरपालिका-१८ गिठेपानीमा पुस्तक पसल चलाइरहेका सन्जु सुनारले २५ वर्षीया श्रीमती सिता सुनारको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार सामान्य विवादका कारण सन्जुले हत्या गरेको प्रारम्भिक जानकारी आएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया