
वायुसेवा निगममा पहुँचमा नियुक्त भएका कर्मचारी हटाउन सुरु
काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ना भएका करार कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरिएको छ।
प्रधानमन्त्री तथा पर्यटनमन्त्रीसमेत रहेकी कार्कीले कात्तिक १६ गते निगमका सञ्चालक समिति र व्यवस्थापनका पदाधिकारीलाई बोलाएर सिफारिस तथा स्रोत–फोर्समा नियुक्त करार कर्मचारी हटाउन स्पष्ट निर्देशन दिएकी थिइन्।
उक्त निर्देशनअनुसार निगमले मंगलबार केही करार कर्मचारीलाई निष्कासन पत्र पठाएको छ। निगमको व्यवस्थापन स्रोतका अनुसार थप कर्मचारीलाई हटाउने तयारी पनि अघि बढाइएको छ।



कागजपत्र |
