
क्यानडा पठाइदिन्छु भन्दै ठग्ने महिला पक्राउ
काठमाडाैं- क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका–६ बाट एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भई हाल कागेश्वरी मनोहरा–६ बस्ने २६ वर्षीया मनीषा अधिकारी रहेको प्रहरीले जनाएको छ।
पीडितबाट क्यानडा पठाइदिन्छु भन्दै ३ लाख रुपैयाँ लिई पछि सम्पर्कविहीन बनेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
