ब्यूँतने प्रयासमा एकीकृत समाजवादी, पुनर्गठनका लागि भुसाल बने संयोजक


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ ।

शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए ।

६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकले आगामी मङ्सिर महिनामा हुने राष्ट्रिय भेलाको तयारीका बारेमा व्यापक छलफल गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् ।

पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा भुसाल पक्ष पुरानै पार्टी पुनर्गठन र रामकुमारी झाँक्री लगायतका केही नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।

प्रतिक्रिया