
धोबीखोला करिडोरका अवैध संरचना आजदेखि हटाइँदै
काठमाडौं – काठमाडौँ महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले आजदेखि धोबीखोलालगायत करिडोरका अवैध संरचना हटाउन शुरु गर्ने भएका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार धोविखोला, बागमती नदी आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैधरूपमा बसेकाहरुलाई हटाउन लागिएको हो।
त्यस्ता संरचना बनाएर बसेकाहरुलाई लामो समयदेखि मौखिक रूपमा हट्न भनिए पनि नहटेपछि प्राधिकरणले ७ दिने अल्टिमेटम दिएको थियो ।
अल्टिमेटम शुक्रबार नै सकिए पनि आफैँ हट्न नामानेकाले आजदेखि अतिक्रमित जग्गा खालि गराउन शुरु गरिने भएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसर वरिपरिका मापदण्ड विपरीतका संरचनामा डोजर चलाएको थियो।



कागजपत्र |
