
आलमको निधनमा कांग्रेसका कार्यालयहरु आइतबार बन्द, तीन दिन आधा झन्डा झुकाउने
काठमाडौं- नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री अफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित परेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो।
यस्तै कांग्रेसले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले भोलि (आइतबार) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
यस्तै १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको उनले जानकारी दिए ।



कागजपत्र |
