पोखरामा सहकारी बचत हिनामिनाः ७ जना पक्राउ, ८८ करोडको ठगी आरोप


पोखरा-  पोखरामा सहकारी संस्थाको बचत हिनामिनाको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ।

सहकारी रजिष्टारको कार्यालयले तयार पारेको वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालकहरू सहित ७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरूङ, सुपरभाइजर मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद द्धा रहेका छन्।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार, सहकारी रजिष्टारको कार्यालयले मंगलबार पेश गरेको प्रतिवेदनमा सर्वसाधारणको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिनाको विवरण समावेश गरिएको थियो। उक्त आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

उनीहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप प्रक्रिया अघि बढाइएको छ भने हिनामिनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

 

प्रतिक्रिया