
प्रचण्डसँगको भेटपछि झलनाथ पनि ९ दल एकता घोषणा सभामा
काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादीसहित ९ दलसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।
उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् ।
उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।
एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए । तर, ओलीले एकतामा जाने पक्षमा नरहेको बताएका थिए ।
त्यसपछि आज मात्रै खनाल, महासचिव धनश्याम भुसालसँग माओवादी केन्द्रका संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ ले निवासमै बोलाएर प्रचण्डले छलफल गरेका थिए।
अन्तत: एकतामा नजाने बताएका खनाल प्रचण्ड-माधवसहितको एकतामै सहभागी हुन पुगेका छन् ।



कागजपत्र |
