
एमालेले घोषणा गर्यो युथ भोलेन्टियर फोर्स
भक्तपुर- नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित युथ भोलेन्टियर फोर्स को विशेष भेला भक्तपुरको गुन्डुमा सम्पन्न भएको छ। भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा ‘युथ भोलेन्टियर फोर्स विधान–कार्यपत्र समिति’ गठन गरेको छ।
विशेष भेलामा बस्नेतले फोर्सको भूमिका अराजकता निर्मूल गर्ने र सकारात्मक सामाजिक प्रभाव पार्ने कार्यमा हुने बताए।
उक्त समितिमा महेश बहेस बस्नेतसहित समिक बडाल, विनोद पाण्डे, निशा लिम्बू, विनिता काफ्ले, महेश चौलागाईंलगायत सदस्य रहेका छन्।
भेलामा एमालेका अध्यक्ष केपी ओली उपस्थित भए पनि उनी बोलेनन्। एमालेले पार्टीको रक्षाकवजको रूपमा लिएको युथ फोर्सको नेतृत्वको औपचारिक घोषणा आगामी ५ मंसिरमा गरिने एमालेका नेताले जानकारी दिएका छन्।



कागजपत्र |
