कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक रोकिएको हो।

कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशन गर्ने विषयमा बहस जारी छ। संस्थापन पक्ष चुनावपश्चात् १५औँ महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वयको समूह मंसिरमा नियमित महाधिवेशन गर्ने अडानमा रहेको छ।

महामन्त्री गगन थापाले तुरुन्तै महाधिवेशन हुनुपर्ने भन्दै विश्वप्रकाश शर्मासँग मिलेर अभियान चलाइरहेका छन्। यसअघि महामन्त्रीद्वयले नेता डा. शेखर कोइरालासँग पनि कार्यतालिकाका विषयमा संवाद गरेका थिए।

 

 

प्रतिक्रिया