
रूपन्देहीको रूद्रपुरमा इभी भ्यान दुर्घटना, ३ को मृत्यु, चार जना गम्भीर घाइते
बुटवल — रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार वाग्मती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी भ्यान रुद्रपुरतर्फ जाँदै गर्दा गएराति साढे १० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो ।
दुर्घटनामा सवार सातजनामध्ये तीनजनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जीतेन्द्र थापा र ४२ वर्षीय खेम बिक छन् । तीमध्ये आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।



कागजपत्र |
