
आईजीपी खापुङको चेतावनी: जेनजी आन्दोलनको नाममा अपराध गर्नेहरू कानुनी दायरामा आउँछन्
काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको आवरणमा अपराध गर्नेहरूको पहिचान भइसकेको उल्लेख गर्दै यस्ता क्रियाकलाप सह्य नहुने स्पष्ट पारे।
आईजीपी खापुङले भने, “जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउने आपराधिक प्रवृत्तिहरू सक्रिय छन्। यस्तो कार्य आपराधिक नै हो र त्यसका दोषीहरू क्रमशः कारबाहीको दायरामा आउनेछन्।”
उनले आन्दोलनका घटनापछि प्रहरीको मनोबल खस्केको भन्ने धारणा असत्य भएको पनि स्पष्ट पारे। उनका अनुसार स्थानीय जनताको सहयोगमा प्रहरी चौकीहरू पुनःस्थापना भइसकेका छन् र प्रहरी संगठन अझ बढी सक्रिय बनेको छ।
“प्रहरीप्रति जनताको ठूलो अपेक्षा छ। प्रहरीको मुख्य जिम्मेवारी आपराधिक गतिविधि नियन्त्रण गर्नु र आवश्यक परे ‘नो’ भन्नु हो,” आईजीपी खापुङले भने।



कागजपत्र |
