
टीओबी सदस्यले पेस्तोल बाेकेकाे तस्वीर भाइरल, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौं – जेन–जी आन्दोलनको क्रममा टीओबी(द ओरिजिनल ब्रदर्स) समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडि पेस्तोल घुसार्दै गरेको देखिन्छ। तर, ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। तस्वीरको आधिकारिकता पनि यकिन हुन सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार पेस्तोल बोकेको हुन्/होइनन् अहिले यकिन छैन, तर यसबारे आन्तरिक रूपमा बुझ्ने र अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, प्रहरीले टीओबी लगायत अन्य समूहका व्यक्तिहरूको अराजक गतिविधि, आगजनी, तोडफोड लगायतका घटनाहरूको विस्तृत अनुसन्धान पनि गरिरहेको जनाएको छ।



कागजपत्र |
