
सुन्धारा कारागारबाट भागेका थप दुई कैदी पक्राउ
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेर सुन्धारा कारागारमा थुनामा रहेका दुई अभियुक्त मंगलबार पुनः पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सानु भण्डारी र केशव दुलाल रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
यसै प्रकरणमा थुनामै रहेर फरार भएका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी मंगलबारै कारागार फर्किएका छन्। उनलाई सुन्धाराबाट सारेर डिल्लीबजार कारागारमा राखिएको छ।



कागजपत्र |
