
जेनजी आन्दोलनमा लुटिएको ७ थान पेस्तोल बालाजुमा बरामद
काठमाडौं- जेनजी प्रदर्शनका क्रममा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको सात थान पेस्तोल प्रहरीले बालाजु क्षेत्रमा बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–१६ खरिबोटबाट सात थान टाइप–५४ पेस्तोल बरामद गरिएको हो।
सो घटनामा संलग्न रहेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका लोलाङ बस्दै आएका मगरले आफ्नो ट्याक्सी (बागमती प्रदेश–०१–००२ प ६४४९) को डिक्कीमा ती पेस्तोल लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुराकीका आधारमा प्रहरीले आइतबार मगरको ट्याक्सीबाट सात थान टाइप–५४ पेस्तोलसँगै एसएलआरका ३३ राउन्ड गोली समेत बरामद गरेको हो।



कागजपत्र |
