इमाडोल प्रहरी प्रभागमा आगजनी र लुटपाटमा संलग्न ६ जना पक्राउ


ललितपुर- जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–७ का २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ का २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली नगरपालिका–९ का २० वर्षीय कृष्णराज गिरी, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, सोलुखुम्बुको सोताङका २२ वर्षीय सराजे नेपाली र सिन्धुलीको भिमानका २१ वर्षीय नरेश तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया