
रवि लामिछानेसँगै नक्खु कारागारबाट भागेका कैदीले गरे पत्नीको ह*त्या
काभ्रेपलाञ्चोक – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै नक्खु कारागारबाट फरार रहेका एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्।
पनौती नगरपालिका–१२ गागलका करिब ३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्।
सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए। उनी जबरजस्ती करणीको अभियोगमा कैद सजाय काटिरहेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन्।
प्रहरीका अनुसार टोली घटनास्थल पुगेपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।



कागजपत्र |
