देउवा स्वस्थ भएपछि मात्र कांग्रेसको केन्द्रीय समिति बैठक


काठमाडौं- नेपाली कांग्रेसले तत्काल कार्यवाहक सभापति तोक्ने वा विशेष महाधिवेशन बोलाउने कुनै कदम नचाल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।

उनका अनुसार सभापति शेरबहादुर देउवा स्वास्थ्यलाभ भएपछि मात्र पार्टीको केन्द्रीय समिति बैठक बोलाइने र त्यही बैठकमार्फत आवश्यक छलफल गरिनेछ ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमै देउवा कुटिएका थिए । त्यसयता उनी उपचाररत छन् । दसैँ–तिहारपछि मात्र केन्द्रीय समिति बैठक बोलाउने गरी तयारी भएको सहमहामन्त्री यादवले बताए ।

बैठकले देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया