मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिFचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्।

शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्।

मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए। सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाई थियो। मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम सुरू गरिसकेको पनि बताए।

सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाई गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाई नहुने बताए। त्यस अवसरमा उनले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुट्न पनि सबैलाई आह्वान गरे।

प्रतिक्रिया