
अमर्यादित अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ
काठमाडौँ – सार्वजनिक पदमा रहेका व्यक्तिमाथि अमर्यादित अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति नुवाकोटको तादी गाउँपालिका–३ का सुमन थापा (प्रेमबहादुर थापा) भएको प्रहरीले जनाएको छ।
प्रहरी केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले उनलाई मुलपानीबाट नियन्त्रणमा लिएको हो। अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जानकारी दिएको छ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि अमर्यादित अभिव्यक्ति दिएका साथै समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा प्रतिकूल असर पार्ने गतिविधि गरेको आरोप छ।



कागजपत्र |
