ठगी प्रकरणमा फरार महिलालाई युएईबाट ल्याइयाे


काठमाडौं – ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी एक महिला पक्राउ परेकी छिन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्ती मगरलाई युएईमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन ल्याइएको हो ।

नेपाल प्रहरी इन्टरपोल शाखाका अनुसार, घर्ती मगर ठगी प्रकरणमा संलग्न भई लामो समयदेखि फरार थिइन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले १ माघ २०८० मा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न रेड नोटिस जारी गरेको थियो ।

फिर्ता ल्याइएकी सरिता घर्ती मगरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा बुझाइने भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया