
नेपाल ‘ए’ ले आसामलाई दियो २०९ रनको लक्ष्य
काठमाडौं- नेपालको ‘ए’ टीमले निर्णायक खेलमा भारतको आसाम टीमसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको गुवाहाटीमा पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गर्यो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।
यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।



कागजपत्र |
