बढ्यो जापानिज इन्सेफलाइटिसको जोखिम, १०३ जना संक्रमित


काठमाडाैं- नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । हालसम्म २० जनाको मृत्यु भएको शाखाप्रमुख डा अभियान गौतमले जानकारी दिए ।

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएकोउनले बताए । उनका अनुसार ७० प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो ।

स्वास्थ्यकर्मीहरूका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया