
सबै वडालाई ढल–नाली सफा गर्न काठमाडौं महानगरकाे निर्देशन
काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र डुबान समस्या न्यूनीकरण गर्ने उद्देश्यले सबै वडा कार्यालयहरूलाई ढल, नाली, मङ्गल, क्याचपिट र ह्युमपाइपलगायत संरचनाहरू नियमित रूपमा सफा गर्न निर्देशन दिएको छ।
महानगरको विपद् व्यवस्थापन विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै डुबान रोकथामका लागि संरचनाहरूको सरसफाइ अनिवार्य गरिएको जनाएको हो।
विभागका प्रमुख जगदीश अर्यालका अनुसार विगतका वर्षदेखि नै महानगरभित्र डुबान न्यूनीकरणका लागि यस्ता संरचनाहरू सफा गर्ने कार्य हुँदै आएको छ र यो आर्थिक वर्षमा पनि त्यसलाई निरन्तरता दिइएको हो।
त्यस्तै, विभागले वडा कार्यालयहरूलाई आफ्नो क्षेत्रभित्र डुबानको जोखिम रहेका स्थानहरूमा प्राथमिकताका साथ सरसफाइ कार्य गर्न र सम्पन्न सरसफाइका स्पष्ट विवरण समेत महानगरमा उपलब्ध गराउन निर्देशन दिएको छ।



कागजपत्र |
