नेपालले पायो पाकिस्तानविरुद्ध १४५ रनको लक्ष्य


काठमाडौं – अष्ट्रेलियामा जारी टप इन्ट टी-२० सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम म्याचमा नेपालले जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले १ विकेट हात पारेका थिए ।

पाकिस्तानका लागि इरफान खान नियाजीले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै अब्दुल समादले २६ रन बनाउँदा मुहम्मद वासिमले २३ रन बनाएका थिए ।

नेपालले यो खेल जितेमा सेमिफाइनल प्रवेशको सम्भावना बलियो रहनेछ ।

 

प्रतिक्रिया