
मुसलधारे वर्षाका कारण ल्याण्ड गर्न सकेनन् जहाजहरु
काठमाडौं – उपत्यकामा परेको मुसलधारे वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज अवतरण गर्न सकेका छैनन् ।
शुक्रबार दिउँसो साढे ३ देखि परेको मुसलधारे वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू आकाशमै होल्ड भएको जनाइएको छ ।
अहिले कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरवेयज, दिल्लीबाट काठमाडौँ आएको भिस्टारा सहित ५ भन्दा बढी आन्तरिक उडानहरू अवतरण हुन नसक्दा आकाशमै होल्ड भएका छन् ।



कागजपत्र |
