प्रधानमन्त्री ओलीले विश्वासको मत नलिनुको कारण देखाउन सर्वोच्चको आदेश


काठमाडौं — सरकारले विश्वासको मत नलिनुको कारण पेस गर्न भन्‍दै सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिवक्ता वीरेन्द्र केसीले बिहीबार रिट दायर गरेका थिए ।

उक्त रिट आज न्यायाधीश पोखरेलको इजलासमा परेको थियो ।

साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा झिकाउने विपक्षीको नाममा आदेशसमेत दिएको छ ।

प्रतिक्रिया