छात्रवृत्तिमा नाम निकालिदिने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं – सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने धोका दिँदै ठगी गरेको आरोपमा एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति नागार्जुन नगरपालिका–२, सानोभर्‍याङ बस्ने २७ वर्षीय सञ्जिव राई हुन्। उनी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ का हुन्।

प्रहरीको अनुसन्धान अनुसार, राईले हेल्थ असिस्टेन्ट विषयमा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालिदिने वाचा गर्दै एक व्यक्तिबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रतिक्रिया