राष्ट्र बैंकमा कार्यरत महिला कर्मचारी पक्राउ


काठमाडौं – प्रहरीले नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारीलाई पक्राउ गरेको छ। बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन्।

जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

रेग्मीले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनाधिकृत रुपमा निकालेको प्रहरीको भनाइ छ।

कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।

अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा रेग्मीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया